पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु

Posted on: 17 Dec, 2018

पुस २, पोखरा (रासस) | पोखरा महानगरपालिका–१३ भद्रकाली चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

नयाँ घरमा काम गर्ने क्रममा पाल्पा घर भई काहुँखोलास्थित सोल्टी मेटलमा काम गर्दै आएका २२ वर्षीय केशव थापा मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । अचानक करेन्ट लागेर घाइते भएका मगरको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!