पोखरामा पनि शंकास्पद बस्तु फेला, नेपालि सेनाद्वारा डिस्पोज

Posted on: 14 Mar, 2019

फागुन ३०, कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा पोखरामा भेटिएको शंकास्पद बस्तु भेटिएको छ । उक्त  शंकास्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ  । 

पोखराको सभागृह चोक र पोखराको भण्डारढिकमा शंकास्पद बस्तु फेला परेको हो । दुवै तर्फको सकेट शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 

सरकारले प्रतिबन्ध लगानु अगाडि नै सरकारले पक्राउ गरेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लवको पार्टी नेपाल बन्दको आह्वान गरिएको थियो ।

बन्दका कारण पोखराको मुख्य बजार, उद्योग, कलकारखाना, शैक्षिक सस्था बन्द छन् । लामो तथा छोटो दूरीका यातायात सञ्चालन भएका छैनन् भने केही मात्रामा मुख्य बजारमा निजी यातायात सञ्चालन भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!