बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 24 Apr, 2019

वैशाख ११, कास्की (रासस) | पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसको  ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मङ्गलबार राति करीब ८:४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका सोही ठाउँ निवासी ४२ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ग६प ३०२९ नंको मोटरसाइकलमा सवार तिमिल्सिना ठक्करबाट घाइते भएपछि  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि ल्याइएको थियो । ठक्कर दिने बस र चालकको पहिचान भइनसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!