मिक्चरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Posted on: 11 May, 2019

बैशाख २८, पोखरा- पोखराको चाउथेमा गएराति मिक्चर (ट्रक)मा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पोखरा–३१ को बेगनासताल बस्ने मोटरसाइकल चालक २५ वर्षीय अजय भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

ग १ क २६६६ नं को मिक्चरसँग ग १ प २५८६ नं को मोटरसाइकल ठोक्किँएपछि सो दुर्घटना भएको थियो । गम्भीर अवस्थामा भट्टराइलार्ई पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!