कानुनले छोडेन: २० बर्ष अघि मान्छे काटेर फरार गुरुङ समातिए

Posted on: 23 Jul, 2019

साउन ७, कास्की | कास्की प्रहरीले २० बर्ष अगाडी एकजना ब्यक्तिको हत्या गरी फरार रहेका कुमार गुरुङलाई पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाएको जनाएको छ । 

गुरुङले २० बर्ष अघि २०५६ माघ ४ गते साझँ करिव साढे ६ बजेको समयमा साविक कास्कीको घान्द्रुक गा.बि.स. वडा नं.७ बस्ने ३१ बर्षीय मन प्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरि सख्त घाईते बनाएका थिए । सोहि घटनाको चोटका कारण घटना भएको भोलिपल्ट गुरुङको मृत्यु भएको थियो । त्यतिखेर हतियार प्रहार गर्ने गुरुङ ३६ बर्षका थिए ।

घटनामा संलग्न कुमार गुरुङ घटना लगत्तै फरार भई म्याग्दी जिल्लाको बिभिन्न स्थानमा २ बर्षसम्म लुकिछिपी बसेका थिए । त्यसपछि उनि भारत तर्फ लागे । करीव १४ बर्ष उनले भारतमा बिताए । केहि बर्ष अघि उनको बुबाको मृत्यु भएपछी उनि नेपाल आएका थिए । त्यसपछि पनि उनि लुकिछिपी बस्न थालेको प्रहरीले जनाएको छ । 

कास्की जिल्ला प्रहरीले गुरुङलाई लुकिछिपी बसेको अवस्थामा यही साउन ५ गते पक्राउ गर्न सफल भएको थियो । 

माथिको तश्वीरमा: कुमार गुरुङ

गुरुङ र २० बर्ष अघि मृत्यु भएका मृतकको बिचमा २०५६ माघ ४ गते साझँ हङकङ आई.डी को बिषयलाई लिएर बिवाद सृजना भएको थियो । सोहि बिवादका कारण झगडा हुँदा कुमार गुरुङले धारिलो हतियार प्रहार गर्दा मन प्रसाद गुरुङ शख्त घाईते भएका थिए । त्यसैको भोलीपल्ट बिहान १० बजे गुरुङको मृत्यु भएको थियो ।

घटनाको बिषयलाई लिएर पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यलय कास्कीले हिरासतमा राखी थप अनुसन्धानको काम अघि बढाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!