कास्कीमा बिद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

Posted on: 23 Jul, 2019

साउन ७, काठमाडौँ  |  कास्कीमा बिद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका  छन्  | आइतवार कास्कीको पोखरा महानगरपालिका वड नं. २५ हेम्जा स्थित हेम्जा बोर्डिङ स्कूलमा अध्ययनरत १४ बर्षीया एक बिदयार्थीलाई सोहि विद्यालयका शिक्षकले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय  कास्कीले जानकारी दिएको छ | 

होमवर्क नगरेको भन्दै शिक्षक श्रीराम त्रिपाठीले कक्षा कोठा भित्रै विद्यार्थीलाई कुटपिट गरि घाईते बनाएको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार कुटपीट गर्ने शिक्षकलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!