दुई पर्यटकको मृत्यु

Posted on: 19 Oct, 2019

कात्तिक २, कास्की | कास्की र मनाङमा गरी आज दुई पर्यटकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पोखरा महानगरपालिका–६ लेकसाइडको स्ट्रेट नं २ स्थित लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक ७६ वर्षीय कार्ल हेञ्ज सिकेल र मनाङको ङिस्याङ गाउँपालिका–७ टङ्कीमा थ्रोङला पासको क्रममा अमेरिकन नागरिक (पासपोर्ट नं ६४६०२७४५) ६५ वर्षीय स्टेफन भागन स्मिथ रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । 

जर्मन नागरिक सिकेल बिहान अबेरसम्म नउठेपछि होटलका मालिक निजको कोठामा गई हेर्दा मृत अवस्थामा फेला परेको थियो भने अमेरिकन नागरिक स्मिथको हृदयघातका कारण मृत्यु भएको र दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!