पोखरा महानगरपालिका–३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

Posted on: 25 Nov, 2019

मङ्सिर ९, पोखरा । अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । 

वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो ।

विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना सुतिरहेको नेपबहादुर परियारले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!