सुनचाँदीको मूल्य घट्यो

Posted on: 17 Sep, 2020

असोज १, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु ९०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार (आज) तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर बिहीबार तोलामा १३२० रुपैयाँ तोकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!