कनेक्ट आईपीएसमा थप १० बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने

Posted on: 17 Sep, 2020

असोज १, काठमाडौं । कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ-भेरिफाई गर्ने सुविधा थप १० बैंक तथा वित्तीय संस्थामा उपलब्ध भएका छन् ।

वाणिज्य बैंकहरु नेपाल बंगलादेश, मेगा, लक्ष्मी, सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू, विकास बैंकहरु मुक्तिनाथ, कामना सेवा र ज्योती विकास बैंक तथा आईसीएफसी फाइनान्समा उक्त सुविधा उपलब्ध हुन थालेको छ ।

यो अनलाइन सुविधासँगै बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्दैन । अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्छन् । यस प्रक्रियामा ग्राहकको विवरण, ओटीपी र माइक्रो डिपोजिटको आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेसन हुने व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!