सुनचांदीको भाउ बढ्यो

Posted on: 18 Sep, 2020

असोज २, काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ तोकिएको छ । 

बिहीबार (हिजो) छापावाल सुन तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तोलामा रु ९०० घटेको सुनको मूल्य  शुक्रबार ४ सय रुपैयाँले बढेको हो । 

शुक्रबारको लागि  तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँ तोकिएको  छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ बढेर १३३० रुपैयाँ तोकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!