बागमती प्रदेश लोक सेवाले कर्मचारी माग्यो (हेर्नुहोस् विज्ञापन सहित)

Posted on: 23 Nov, 2020

मङ्सिर ८, काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले सहायक चौथो तहका लागि विज्ञापन गरेको छ । प्रदेश लोक सेवाको वार्षिक पदपूर्ति तालिकाअनुसार चौथो तहका लागि दरखास्त आव्हान गरेको हो ।

प्रदेश लोक सेवाले प्रदेश मन्त्रालय तथा स्थानीय तहका लागि विज्ञापन माग गरेको हो । बागमती प्रदेशले पहिलो पटक खोल्न लागेको विज्ञापनका लागि आवेदन दिन चाहने उम्मेदवारले लोक सेवाको वेबसाइटबाट फारम डाउनलोड गरी आवेदन भर्न सक्नेछन् । यसरी भरेका आवेदन फारमहरू काठमाडौँ उपत्यकाको हकमा प्रदेश सुशासन केन्द्र(जावलाखेलमा रहेको छ), मकवानपुर जिल्लाको हकमा प्रदेश लोक सेवा केन्द्रीय कार्यालय र प्रदेश भित्रका अन्य जिल्लाको हकमा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा बुझाउन सकिनेछ ।

हेर्नुहोस् विज्ञापन :

यस बिषयमा तपाइको प्रतिक्रिया...!