बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

Posted on: 25 Nov, 2020

मंसिर १०, काठमाडौँ | काठमाडौँको नयाँ बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर भाग्ने एक जना पक्राउ परेका छन् | काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ३१ वर्षीय शशि थापा लाई प्रहरीले पक्राउ गरेको हो |

उनी गत असोज २९ गते बैंकका सुरक्षा गार्ड रुद्र बहादुर गुरुङलाई खुकुरी प्रहार गरेर फरार रहेका थिए | बुधबार महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ | बैंकका रकम झिक्न गएका थापाले सुरक्षा गार्डलाई एकाएक खुकुरी प्रहार गर्दा सुरक्षा गार्ड गम्भीर घाइते भएका थिए |

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार प्रहरीले थापामाथि थप अनुसन्धान गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!