घट्यो सुनको मूल्य

Posted on: 27 Nov, 2020

मंसिर १२, काठमाडौँ | शुक्रबार सुनको मूल्य घटेको छ | बिहीबारको तुलानामा प्रतितोला रु २ सय घटेर आज छापावाल सुनको मुल्य ९१ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | 

त्यसै आज तेजाबि सुनको मुल्य प्रतितोला ९० हजार ८ सय कायम भएको छ | आज चाँदीको मूल्य पनि घटेको छ | हिजोको तुलनामा आज प्रतितोला रु १५ ले घटेर ११ सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ |

पछिल्लो समय नेपालमा सुनको मूल्य ओरालो लागि रहेको छ | यसअघि बिहिबार पनि तोलामा एक हजारले घटेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!