स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

Posted on: 27 Nov, 2020

मंसिर १२, काठमाडौँ | कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ | मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज विज्ञप्ति निकालेर कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन आग्रह गरेका हुन् |

आज बसेको नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार भन्दै उनले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएका हुन् | जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको मन्त्रालयले जनाएको छ |

यस्तै कात्तिक महिनाको रकम भुक्तानीको क्रममै रहेको मन्त्रालयले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!