आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 02 Dec, 2020

मङ्सिर १७, काठमाडौँ | बुधबार पनि सुनको मूल्य बढेको छ | मंगलबारको तुलनामा प्रतितोला रु ५०० ले बढेर आज छापावाल सुनको मूल्य ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ |

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ११५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ११८५ रुपैयाँमा कारोबार भएको हो | पछिल्लो केहिदिन यता ओरालो लागेको सुनको भाउ फेरी बढेको हो |

बुधबार मात्रै प्रतितोला सुनको मुल्य ५ सयले बढेको छ भने मंगलबार पनि रु ५ सयले नै सुनको मूल्य बढेको थियो | त्यस्तै चाँदीको मूल्य पनि बुधबार मात्रै ३५ रुपैयाले बढेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!