माउण्टेन इनर्जीले गर्यो आईपीओ बाँडफाँड

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौँ | बुधबार माउण्टेन इनर्र्जीको आईपीओ  बाँडफाँट भएको छ | १ लाख ८३ हजार २६ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् | यसरी बाँडफाँटपछि बाँकी रहेको ५ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ५ जनालाई १ कित्ताका दरले थप गरिएको छ |

कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो | जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४ सय १० कित्ताका लागि आवेदन दिएका हुन् | सर्वसाधारणका लागि १८ लाख ३० हजार २ सय ६५ कित्ता सेयर बिक्री खुला गरेको थियो |

यो आईपीओमा सर्वसाधारणले ७.६१ गुणा बढी आवेदन दिएका थिए । माउण्टेनले कात्तिक २६ गतेबाट मंसिर ३ गतेसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको थियो | यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३ सय ६१ कित्ता कर्मचारीलाई र ५प्रतिशत अर्थात ९८ हजार ४सय १ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको कम्पनीले जनाएको छ |

सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आईपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको थियो । यसले औसतभन्दा कम आधार जनाउने रेटिङ पाएको हो |

माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!