अबदेखि एक बैंकको एटीमएमले अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौं | नेपाल राष्ट्र बैंक अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको छ | बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै उक्त व्यवस्था गरेको हो |

योसंगै अब एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ | यसअघि  राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई भनेको थियो |

राष्ट्र बैंकले उक्त व्यवस्थालाई खारेज गरेर पुनः बैंकहरुलाई शुल्क लिन भनेको हो | सामन्यतया एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा प्रति कारोबार २५ रुपैयाँ बैंकहरुले लिने गरेका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!