मलेसियामा नेपाली अपहरण गर्ने डेबिड पक्राउ,थुनामा राख्न अदालतको आदेश

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौं | मलेसियामा बसेर गुन्डागर्दी शरीर बन्धक सम्बन्धी अभियोगमा पक्राउ परेका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ | उनी अदालतको आदेशसंगै डिल्लीबजार कारागार चलान गरिएको  केन्द्रीय अनुसन्धान ब्युरो जनाएको छ |

उनी बिरुद्ध मलेसियामा बसेर गुन्डागर्दी गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोमा  किटानी जाहेरी परेको थियो | उनले दाङको पहरुवाका रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धकको उजुरी  ब्युरोमा परेपछि पक्राउ परेका थिए |

उनलाइ  नेपाल आएको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो | मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आएका डेबिडले रैदासकी श्रीमतीलाई फोन गरेर आफ्नो खातामा ६० हजार रिंगेट जम्मा गराउन भनेका थिए |

उनले  रकम जम्मा नगरे मारिदिने धम्कीसमेत दिएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!