यस्तो छ आजको मौसम पूर्वानुमान

Posted on: 05 Dec, 2020

मंसिर २०, काठमाडौँ | आज देशका विभिन्न  भागमा कुहिरो तथा हुस्सु लाग्ने भएको छ | शनिबार पूर्वी तराईका केहि भुभागहरुमा तथा मध्य र पश्चिम तराईका एक वा दुई स्थानमा हल्का हुस्सु / कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

महाशाखाका अनुसार,देशका तराई भू-भागमा एक वा दुई स्थानमा विहानीपख हल्का हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको भएपनि मध्यान्हसम्ममा हटेर जानेछ |

कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन मौसम पूर्वानुमान  महाशाखाको अनुरोध छ |

तराइका विभिन्न भू-भागको तापक्रम हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!