सुनको मूल्य घट्यो,कति पुग्यो प्रतितोला ?

Posted on: 14 Jan, 2021

माघ १, काठमाडौँ | बिहीबार सुनको मूल्य घटेको छ | बुधबारको तुलनामा प्रतितोला रु ८ सयले घटेर आज छापावाल सुनको मूल्य ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

प्रतितोला सुन बुधबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो | महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ | त्यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ |

बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!