चन्द्रागिरिको आइपीओ भर्नेले केवलकारमा २५ प्रतिशत छुट पाउने

Posted on: 14 Jan, 2021

माघ १, काठमाडौँ | चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ |

चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै उक्त योजना सार्वजनिक  गरिएको कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए |

स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिएका लाख ५६ हजार ७ सय ४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ |

यो योजना माघ ५ देखि १ वर्ष सम्मको लागि लागु हुनेछ | बुधबार चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभा सम्पन्न भएको थियो | उक्तअवसरमा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरेका थिए |

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टाबर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिससोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!