आज नेप्से परिसूचक १७.३१ अंकले बढ्यो

Posted on: 18 Jan, 2021

माघ ५, काठमाडौँ । सोमबार नेप्से परिसूचक १७.३१ अंक अर्थात ०.७५ प्रतिशत बढेर २३३२.३२ विन्दुमा रोकिएको छ । यो हाल सम्मकै नेप्सेको उच्च बिन्दु हो । आज २०७ कम्पनीको ५१ हजार ८ सय १३ पटकको कारोबारमा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त बैंकको ३३ करोड ४६ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी र एनआईसी एशियाको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

सिभिल लघुवित्त, विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, समिट लघुवित्त, गुराँस लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै आज समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ४.१४ प्रतिशत घटेको छ । आज सेन्सेटिभ इन्डेक्स २.१८ अंक अर्थात ०.४९ प्रतिशतले बढेर ४४५ .६० पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!