हिमालय एयरलाइन्सद्वारा चिनको ल्हासामा परिक्षण उडान

Posted on: 19 Jan, 2021

माघ ६, काठमाडौँ । हिमालय एयरलाइन्सले चिनको ल्हासामा परिक्षण उडान सुरु गरेको छ। मङ्गलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सले अवतरण गरेको हो । 

चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासामा मङ्गलबार भएको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा तालिकावद्ध उडानहरू सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुसार नै भएको एअरलाइन्सले जनाएको छ । 

एअरलाइन्सका सञ्चालक उपाध्यक्ष क्याप्टेन हाओ दीले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!