आज १५.८७ अंकले बढ्यो नेप्से परिसूचक

Posted on: 20 Jan, 2021

माघ ७, काठमाडौँ । आज शेयरबजार परिसूचक अंक नेप्से १५.८७ अंकले बढेको छ । बुधबार १५.८७ अंक बढेर २३४३.७६ विन्दुमा रोकिएको हो । आज २११ कम्पनीको ५३ हजार ३ सय ३४ पटकको शेयर कारोबारमा १ करोड ५९ लाख ८१ हजार कित्ता शेयर ६ अर्ब २१ करोड ९ लाख ६६ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स आज ०.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक बढेको छ ।आज नेप्से सूचक बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको हो ।

बुधबार १३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । वेष्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकाशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलोपर्स, कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स र सिन्धु विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी,आज विशाल बजार कम्पनी, कामना सेवा विकास बैंक, सिभिल लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!