भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको खोप काठमाडौँ आइपुग्यो

Posted on: 21 Jan, 2021

माघ ८, काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस बिरुद्धको खोप नेपाल आईपुगेको छ । भारतले उपलब्ध गराएको १० लाख डोज कोरोना बिरुद्धको खोप बिहिबार नेपाल आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा खोप बोकेको एयर इन्डियाको विमान अवतरण गरेको छ । 


विमान स्थलमा औपचारिक कार्यक्रमबिच भारतले नेपाललाई खोप हस्तान्तरण गर्ने छ । उक्त खोप फ्रन्टलाइनमा खटिएका व्यक्तिहरुलाई प्राथमिकताको आधारमा लगाइने स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण समेत संकलन गरेको छ । सरकारले उक्त खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!