सुनको मूल्य घट्यो, कति पुग्यो प्रतितोला ?

Posted on: 24 Jan, 2021

माघ ११, काठमाडौँ । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनमा आज प्रतितोला रु ३ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।  शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!