ग्रीन लाइफ हाइड्रोको आइपिओ निष्कासन हुने

Posted on: 24 Jan, 2021

माघ ११, काठमाडौँ । ग्रीन लाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि आइपिओ खोल्ने भएको छ। कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो।  जसमध्ये ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएने र बाँकी म्युचुअल फण्ड र कर्मचारीका लागि छुट्याइएको छ ।

माघ २३ देखि छिटोमा २७ सम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। शेयरको लागी अनलाइनबाट मेरो सेयरमार्फत अथवा आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ।

कम्पनीले केयर रेटिङबाट एनपी बी प्लस रेटिङ पाएको छ। यसले निष्कासनकर्ता वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँछ। यसअघि प्रभावित स्थनीयका लागि खोलिएको सेयरमा सम्पूर्ण रुपमा बिक्री नभएपछि सो समेत थप गरी अहिले सर्वसाधारणलाई जारी गर्न लागिएको हो। 

कम्पनीले दोलखा जिल्लाको खानीखोलाबाट विद्युत उत्पादन गर्नेछ। कम्पनीले ४० मेगावाट क्षमताको आयोजना बनाउँदैछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!