घट्यो सुनको मूल्य

Posted on: 25 Jan, 2021

माघ १२, काठमाडौँ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबारको तुलनामा प्रतितोला रु ४ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार छापावाल सुनको मूल्य प्रतितोला तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।  आइतबारतोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!