आज सुनचाँदीको मूल्य कति छ ?

Posted on: 28 Jan, 2021

माघ १५, काठमाडौँ । बिहिबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज प्रतितोला रु १ सयले घटेर छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि बुधबार छापावाल सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि बुधबारको तुलनामा रु ५ घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!