बढ्यो सुनको मूल्य

Posted on: 03 Mar, 2021

फागुन १९, काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ ।  तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो ।

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५००  मूल्य निर्धारण भएको छ । 

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ । चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!