३९ अंकले घट्यो नेप्से परिसूचक

Posted on: 03 Mar, 2021

फागुन १९, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ३९.२३ अंकले घटेर २४१६ अंकमा कायम रहेको छ । आज २ सय १२ कम्पनीको ६३ हजार ६ सय पटकको १ करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको हो । 

कारोबारमा आएका २३ वटा उपसमूह मध्ये व्यापार,होटेल र पर्यटन बाहेक सबैले गुमाएका छन् । बैंकिङ १७, विकास बैंक ३२, जलविद्युत २०, फाइनान्स १२, निर्जीवन बीमा १६७, उत्पादन ८७, अन्य ८४, माइक्रोफाइनान्स ५६, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटेका छन् ।

बुधबार पनि चन्द्रागिरी हिल्सको भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समग्रमा मार्केट घटेपनि चन्द्रागिरी र साल्ट ट्रेडिङको मूल्य १० प्रतिशतले बढेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!