फेरी बढ्यो हवाई भाडा

Posted on: 04 Mar, 2021

फागुन २०, काठमाडौँ । इन्धनको मूल्य बढेसंगै फेरी हवाई भाडा पनि बढेको छ । नेपाल आयाल निगमले इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएसंगै वायु सेवा सन्चलक संघले इन्धनको मूल्य बढाएको हो । संघले  शुक्रबार देखि लागुहुने गरी हवाई भाडा बढाएको छ । 

नेपाल नागरिक उड्ययन प्राधिकरणले हवाई भाडा बढाउने निर्णयलाई स्वीकृत दिइसकेको संघले जनाएको छ । संघका अनुसार इन्धन मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएपछि इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको छ ।

संघको यो निर्णय संगै सबैभन्दा बढी काठमाडौं-धनगढी उडानको हवाई शूल्क २२० रुपैयाँ बढेको छ भने डोटी-साँफेबगरको हवाई इन्धन शुल्क २० रुपैयाँले बढेको छ । यसअघि फागुन ७ मा पनि वायुसेवा संघले हवाई भाडा बढाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!