नेपाल बैंकले माग्यो विभिन्न पदका लागि झण्डै दुई सय कर्मचारी(विज्ञापन सहित)

Posted on: 05 Mar, 2021

फागुन २१, काठमाडौँ । नेपाल बैंक लिमिटेडले झण्डै दुई सय पदमा दरखास्त आह्वान गरेको छ । बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको हो ।

लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ। आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ। चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ।

स्थायी दरबन्दीका लागि बैंकले आवेदन खुला गरेको हो। दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ। तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। 

हेर्नुहोस सूचना :

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!