यस्तो छ नयाँ हवाई भाडादर, कुन ठाउँको कति बढ्यो ?

Posted on: 05 Mar, 2021

फागुन २१, काठमाडौँ । नेपाल आयाल निगमले इन्धनको मूल्य बढाएसंगै वायुसेवा संचालक संघले हवाई भाडा पनि बढाएको छ । शुक्रबार देखि लागुहुने गरी संघले हवाई भाडा बढाएको हो । यस अघि नेपाल आयाल निगमले इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले इन्धनको मूल्य बढाएको थियो । 

नेपाल नागरिक उड्ययन प्राधिकरणले हवाई भाडा बढाउने निर्णयलाई स्वीकृत दिइसकेको संघले जनाएको छ । संघका अनुसार इन्धन मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएपछि इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको छ ।

संघको यो निर्णय संगै सबैभन्दा बढी काठमाडौं-धनगढी उडानको हवाई शूल्क २२० रुपैयाँ बढेको छ भने डोटी-साँफेबगरको हवाई इन्धन शुल्क २० रुपैयाँले बढेको छ । यसअघि फागुन ७ मा पनि वायुसेवा संघले हवाई भाडा बढाएको थियो ।

हेर्नुहोस कुन ठाउँको हवाई भाडा कति ?






यस बिषयमा तपाइको प्रतिक्रिया...!