आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 23 Apr, 2021

वैशाख १०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा, पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!