सुस्तामा अक्सिजन सहितको १५ शैया आइसोलेशन कक्ष तयार

Posted on: 06 May, 2021

श्याम थापा | वैशाख २३, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ ।

छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढन थालेपछि सुस्ता गाउँपालिकाले १५ शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष सुस्ताको वडा न.५ पकलिहवा स्वास्थ्य चौकीका लागी बनेको नयाँ भवनमा तयार गरेको हो ।

कोरोना महामारीको अस्थामा देशमा रहेका अस्पतालहरुमा बेडको अभाव भएको र कतैपयले त उपचार नपाएर मृत्युको मुखमा पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै अक्सिजन सहितको १५ शैयाको आइसोलेशन कक्ष तयार गरिएको पालिका अध्यक्ष पाण्डेयले बताएका छन ।

पालिकाले तयार गरेको आइसोलेशन कक्षमा मेडिकल टिम सहित आवश्यक पर्ने अक्सिजन,अन्य स्वास्थ्य सामग्री तथा औषधीको पनि ब्यवस्था गरिएको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले सुस्ता सन्देशलाई बताए ।

तयार गरिएको अक्सिजन सहितको आइसोलेशन कक्षको अनुगमन गर्दै पालिका अध्यक्ष पाण्डेयले सुस्तामा कोरोनाको संक्रमितबाट सामन्य अवस्थामा रहेका ब्यक्तिहरुलाई होम आइसोलेशनमा राख्ने र अवस्था केही गम्भिंर हुन थालेपछि पालिकाले निर्माण गरेको अक्सिजन सहितको आइसोलेशन कक्षबाट उपचार गरिने अध्यक्ष पाण्डेयले बताए ।

साथै पालिका अध्यक्ष पाण्डेयले अति आवश्यक काम बाहे अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र पालिका भित्रमा कुनै किसिमको भिडभाड नगर्न र कोरोना भाइरसबाट बच्नका लागी स्वास्थ्य मापदण्ड पालना गरि सचेत रहन पनि सुस्ताबासीहरुलाई आग्रह गरेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!