सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Posted on: 07 May, 2021

वैशाख २४, काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । सुन आज तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो । अस्ति बुधवार सुन तोलामा ९० हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय ५० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!