डलरको भाउ अकाशियो, कुन देशको मुद्राको भाउ कति ? हेर्नुहोस्

Posted on: 18 Jun, 2021

असार ४, काठमाडौं । केही दिन यता क्रमिक रुपमा बढ्दै गएको डलरको भाउ शुक्रबार अधिकतम ११८ रुपैयाँ माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको नेपाली विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ २३ पैसा पुगेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिदर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ ।

स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ९३ पैसा रहेको छ भने आज अष्ट्रेलियन र क्यानेडियन डलर क्रमशः एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा, ९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा र ९६ रुपैयाँ ४७ पैसा रहेको छ ।

जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६८ पैसा र बिक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

साउदी अरिवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!