एनएमबि बैंकमा अन्य बैंकभन्दा सर्वाधिक ब्याज पाइने, अनलाईनबाटै खाता खोल्न सकिने

Posted on: 18 Jun, 2021

असार ४, काठमाडौँ । साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको जनाएको छ । 

बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ । जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज हो । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!