बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Posted on: 14 Jul, 2021

असार ३०, काठमाडौँ । आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको हो । तेजाबीको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ९२ हजार २ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!