माछापुच्छ्रे बैंकले आजबाट जारी गर्यो ऋणपत्र, कति पाइन्छ व्याज ?

Posted on: 15 Jul, 2021

असार ३१, काठमाडौं। माछापुच्छ्रे बैंकले विहीबारबाट ऋणपत्र जारी गरेको छ। आवेदनका लागि साउन ४ गतेसम्म समयसीमा तोकिएको छ ।  

बैंकले कुल तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको हो। २०८७ सालमा परिपक्व हुने ऋणपत्रको वार्षिक ब्याज दर साढे ८ प्रतिशत छ। ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ। बैंकले यसअघि २०८५ सालमा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो। तीन अर्बको त्यो ऋणपत्रको ब्याज दर १०.२५ प्रतिशत छ। 

बैंकको ३ अर्ब रुपैयाँ अर्थात तीन लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई दिइने छ। बाँकी प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ। अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्र कम्तिमा २५ कित्ता किन्नुपर्ने हुन्छ। बढीमा ५ लाख कित्ताका लागि आवेदन दिन सकिने छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!