सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

Posted on: 15 Jul, 2021

असार ३१, काठमाडौं। बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बिहीबार ५०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएर आज एकहजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!