सेयर लगानीकर्तालाई फरक फरक पुँजीगत लाभकर आजबाट लागू, कसले कति तिर्नुपर्छ ?

Posted on: 16 Jul, 2021

साउन १, काठमाडौँ । आजबाट शेयर बजार कारोबारमा पुँजीगत लाभकरको व्यवस्थामा समान्य हेरफेर भएको  छ । आजदेखि चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वतः कार्यान्वयनमा गएसंगै यो व्यवस्था पनि कार्यान्वयनमा गएको हो ।

सरकारले गत जेठ १५ गते ल्याएको चालु आर्थिक वर्षको बजेटमा सेयर बजारमा लगानीकर्ताले पुँजीगत लाभकरको व्यवस्था समान्य हेरफेर गरेको छ । यो व्यवस्था अनुसार अब एक वर्षभन्दा कम अवधिको लगानीले ७.५० प्रतिशत र एक वर्ष भन्दा बढी अवधि लगानी गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्छ  ।  यो कर आजैदेखि कार्यान्वयनमा गएको छ । अल्पकालीन कारोबारी र दीर्घकालीन कारोबारीलाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था  छ । 

यसअघि सबै व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशत कर लाग्दै आएको थियो  । आज शुक्रबार भएकाले सेयर कारोबार बन्द हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!