नयाँ आर्थिक वर्षको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?

Posted on: 16 Jul, 2021

साउन १, काठमाडौँ । नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको हो । 

यस दिन तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!