डिप्रोस लघुवित्तको नाफा ७१ करोड, एकैवर्ष बढ्यो ४४ करोड नाफा

Posted on: 01 Aug, 2021

साउन १७, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ सय ५९ प्रतिशत नाफा बढाएको छ । डिप्रोक्सले सो अवधिमा ७१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा महुलीको खुद नाफा २७ करोड ४९ लाख रुपैयाँ मात्रै थियो । 

अहिले डिप्रोक्ससँग १ अर्ब ५६ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ । यो पुँजीका आधारमा उक्त नाफा प्रतिशेयर ४५.६८ रुपैयाँ हो । नाफामा उल्लेख्य वृद्धि गरेको डिप्रोक्सले रिजर्भको आकार समेत बढाएर ८३ करोडबाट १ अर्ब २९ करोड पुर्याएको छ । यो हिसाबले लघुवित्तको प्रतिशेयर नेटवर्थ २ सय ११ रुपैयाँ छ । 

डिप्रोक्सले अघिल्लो वर्ष ११ अर्ब ५४ करोड रहेको ऋण प्रवाह यो वर्षको अन्त्यसम्म १५ अर्ब २३ करोड पुगेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!