सुनको मूल्य घट्यो

Posted on: 02 Aug, 2021

साउन १७, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो । 

यस दिन तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको छ । 

चाँदीको मूल्य भने केही दिन यताको लगातार स्थिरता सोमबार समेत कायमै राख्दै प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!