सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला, कति भर्ने ?

Posted on: 04 Aug, 2021

साउन २०, काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ आजदेखि खुलेको छ। कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर आजदेखि बिक्रीका लागि खुला गरिएको हो । सानिमा लाइफको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ जारी भएपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउनेगरी सो बराबरको शेयर जारी गरिएको हो । 

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो । 

कम्पनीको आर्इपीओमा छिटोमा साउन २४ गतेसम्म खुला रहनेछ । न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। तर बजारमा आवेदन दिनेको संख्या उच्च रहेकोले प्रति आवेदक बढीमा १० कित्ता मात्रै पर्ने सम्भावना छ । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । सो शेयर बिक्रीको प्रत्याभूति  भने सिद्धार्थ क्यापिटलले गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!