बिहारको प्रस्ताव : वर्षायामको रातमा बिजुली लैजाने र हिउँदका दिनमा फर्काउने

Posted on: 24 Sep, 2021

असोज ८, काठमाडौं । वर्षायामको रातमा बिजुली लैजाने र हिउँदकाका दिनहरुमा फर्काउने बिहारले प्रस्ताव गरेको छ ।  नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको विहारसँग आदान-प्रदानको लागि प्राधिकरणले छलफल अघि बढाएको छ । प्राधिकरणले वर्षायाममा खेर गएको बिजुली किन्न गरेको प्रस्तावमा विहारको सरकार सकारात्मक देखिएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संसदको विधायन व्यवस्थापन समितिमा बुधबार यसबारे जानकारी दिएका छन् । उनका अनुसार विहारले वर्षायाममा नेपालको साँझ ७ बजेदेखि विहान ६ बजेसम्म बिजुली लैजान प्रस्ताव गरेको छ । बिहारले त्यसको सट्टामा हिउँदयाममा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म नेपाललाई बिजुली दिन सकिने बताएको छ । यसअनुसार बिहारले जति युनिट बिजुली वर्षायाममा लैजाने छ, त्यति नै युनिट बिजुली त्यसको सट्टामा हिँउदमा फिर्ता गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!