आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर

Posted on: 24 Sep, 2021

असोज ८, काठमाडौं। न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो।

निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही असोज १५ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!